• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दोषीलाई कार्वाहीको माग गर्दै शवसहित राजविराजमा प्रदर्शन

दोषीलाई कार्वाहीको माग गर्दै शवसहित राजविराजमा प्रदर्शन

राजविराज, १२ असार । कुटपीटबाट मृत्यु भएका सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर– ३ पिप्राहीका युवा जयकृष्ण विराजीको शवसहित राजविराजमा प्रदर्शन गरिएको छ ।
उपेन्द्र प्रसाद यादवका २५ वर्षिय छोरा जयकृष्ण विराजी यादवको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । राजविराज नगरपालिका वडा नम्वर–७ मा केही अपरिचित युवाहरुले कुटपीट गरी घाईते बनाएका थिए । प्रहरीले उनलाई उपचारको लागि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो ।
थप उपचारकोलागि बिराटनगर स्थित नोबेल अस्पतालमा बुधवार १२.३० बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात आक्रोशित स्थानीयवासिन्दा विहीबार शवसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि समेत नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
यता घटनामा संलग्न व्यक्तिहरुको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।