Top_Header_Right_Add

हरवाचरवा युवा समूहमा अभिमुखिकरण

हरवाचरवा युवा समूहमा अभिमुखिकरण

राजविराज, १२ असार । मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क) नेपालको आयोजना तथा द फ्रिडम फण्ड र तिलाठी कोईलाडी गाउपालिका वडा नम्वर ५ को सहयोगमा अभिमुखिकरण कार्यक्रम बुधवार आयोजना गरियो ।
अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर–५ मा हरवाचरवा युवा समूहमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो । वडा अध्यक्ष राजेन्द्र साहको प्रमुख आतिथ्य तथा प्रहरी निरीक्षक सन्तोष कुमार खड्का र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल अधिकृत डा. रणजित कुमार झाले हरवाचरवा युवा क्लबका सदस्यहरूलाई सहजिकरण गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, हुर्क नेपालका उपाध्यक्ष सुभाषचन्द्र सिंह, सदस्य सुनिता देवी साह, परियोजना संयोजक रिया राय, हरवाचरवा युवा समूहका अध्यक्ष मोहम्मद फिरोज, राजन साह, हरवाचरवा बाल क्लवका अध्यक्ष निराजन राम, आशा कुमारी सदा, शिक्षक बहमानन्द रजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओकिल मण्डल, सुपरभाइजर दिपक कुमार सिंह, लक्ष्मण रामलगायतको उपस्थिति थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer