• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हात्तीबाट जोगिन विजुली बत्ती जडान गर्दै स्थानीयवासिन्दा

हात्तीबाट जोगिन विजुली बत्ती जडान गर्दै स्थानीयवासिन्दा

वृजमान तामाङ
विरेन्द्र बजार, ९ असार । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–६ मा जङ्गली हात्तीवाट सुरक्षित रहन विजुलीको पोलमा वत्ती बाल्ने कार्यमा स्थानीयवासिन्दाहरु जुटेका छन् ।
पटक—पटक जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्याउन थालेपछि सुरक्षाकालागि विजुलीको पोलमा बत्ती बाल्ने कार्यमा उनीहरु जुटेका हुन् । उनीहरुले चन्दा संकलन गरेर हात्ती प्रभावित क्षेत्रका २० ओटा विजुलीको पोलमा बत्ती बालेका छन् भने ठाँउमा समेत बाल्ने तयारी गरेका छन् ।
हात्तीले उठीवास पार्दा समेत कुनै पनि निकायले चासो नदिएपछि सुरक्षाकालागि पोलमा बत्ती बाल्ने कार्य सुरु गरेको स्थानीयवासिन्दाले बताएका छन् । स्थानीय राजकुमार अधिकारीले पोलमा वत्ती जडान गर्न वडा, गाउँपालिका, जिल्ला प्रशासन, विद्युत कार्यालयमा हप्तौ धाउदा समेत सुनवाई नभएकोले चन्दा संकलन गर्नुपरेको दुखेसो सुनाए । ‘धेरै दुःख पायांै, बल्ल गाउँपालिकाले बीसवटा वत्ती त दिए, उनले थपे, जडानकालागि मिस्त्री खर्च जुटाउन चन्दा संकलन ग¥यौ ।’
रुपनी गाउँपालिका वडा नम्वर ६ का पीडित हस्तवहादुर श्रेष्ठले गाउँमा तारपोल नरहेकोले सुरक्षाकालागि गाउँवाट उठिवास हुने अवस्था आएको बताए । हात्ती आताङ्कले गाउँउठीवास हुने अवस्था आएकाले सुरक्षित रहनका लागी प्रयास शुरु गरेको स्थानीय लाल वहादुर तामाङले बताए । उनले विजुली सुविधा भएको क्षेत्रमा वत्ती बाल्ने र नभएको ठाँउमा तारपोल र वत्ती जडानका लागि सम्वन्धित निकायहरु पहल गर्ने जानकारी गराए ।
प्रभावित क्षेत्रमा चाँडै तारपोल र वत्ती जडानमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन पाएकोले हात्तीको प्रकोपबाट स्थानीयवासिन्दा सुरक्षित रहने समेत उनले विश्वास ब्यक्त गरे । उज्यालोदेखि हात्ती भाग्ने हुँदा पोलमा बत्ती जडान र विद्युत सुविधा नपुगेको क्षेत्रमा सोलार वत्तीको ब्यवस्था मिलाई दिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।