के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

समान्य वर्षामै राजविराजका मुख्य सडकहरु जलमग्न

‘शासन, सत्ता फेरियो तर, राजविराज नगरको अवस्था फेरिएन’
समान्य वर्षामै राजविराजका मुख्य सडकहरु जलमग्न
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ जेठ । देशकै पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको राजविराज नगरपालिकामा व्यवस्थित रुपमा ढल निकास गर्न नसक्दा समान्य वर्षामै मुख्य सडकहरुमा पानी जम्न थालेको छ ।
जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनीधिहरुले योजनामा ध्यान दिन नसक्दा सोमवार भएको वर्षाले सडकहरु जलमग्न भएको हो । ‘दुई दशकसम्म जनप्रतिनिधिविहीन रहेकाले नगरले कोल्टे फेर्न सकेन’ राजविराज–७ का अशोक चौधरीले भने–‘जनप्रतिनिधिले झण्डै दुई वर्ष विताएपनि नगरमा ढल निकाससम्म गर्न नसक्नु ज्यादै दुखद हो ।’
जसका कारणले मुख्य सडक नै पोखरीमा परिणत भयो र, नगरवासीदेखि विभिन्न कामकाज गराउन सदरमुकाम राजविराज आउने जिल्लाभरका सार्वसाधारणलाई सास्ती भोग्नु परेको चौधरीले बताए । ‘पार्किङ्ग र फोहोर व्यवस्थापन पनि खोइ?’ उनले भने–‘शासन, सत्ता फेरियो । तर, राजविराज नगरको अवस्था फेरिएन’ उनले थपे ।
राजविराज–२ का आशिष कुमार गुप्ताले नगरमा हरेक तीन प्लटपछि सडक तथा अड्डा, कचहरी र आवास लाइनको छुट्टाछुट्टै सेक्टर रहेपनि संरक्षण गर्न जनप्रतिनिधिले ध्यान पु¥याएको छैन् । ‘जनप्रतिनिधि विलासी भएका कारण मृत सहर बनेको छ राजविराज’ उनले भने–‘राजविराजलाई पुनर्जीवन दिनभन्दा पनि आफु बस्ने भवन र महँगा–महँगा सवारी साधन खरिद गर्ने जरुरी सम्झेको छ जनप्रतिनिधि ।’
निर्वाचनका बेला सुन्दर, समृद्ध सहरको नारा दिएर भोट लिने गरेपनि सहर झनै पछाडि पर्दै गएकोमा नगरवासी ठगिएको सर्वसाधारणहरुको गुनासो छ । उनीहरुले नगरलाई सुन्दर र समृद्ध बनाउन जनप्रतिनिधिले ध्यान दिनुपर्ने जोड दिएका छन् ।
नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले नगरमा ढल निकासकालागि ड्रेन बनाउने तयारीमा रहेको बताए । ‘वर्षौअघि बनाएको नाला निर्माणमा प्राविधिक कुराहरुमा ध्यान पु¥याएको छैन्’ उनले भने–‘ती नालाहरुका कारण नगरका सडकहरुमा पानी जम्ने समस्या देखिएको छ ।’
पानी जम्ने समस्या समाधानकालागि तयारी थालिएको तथा सुन्दर, स्वच्छ र सफा नगर बनाउन योजनाकासाथ अघि बढेको मेयर यादवले बताए । २०१६ सालमा बसाइएको नगरपालिकामा हाल १६ वटा वडा छन् भने ६७ हजार २ सय ६२ जनसंख्या रहेको छ ।

Online Saptari

About The Author

%d bloggers like this: