• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न मेयर यादवको प्रतिवद्धता

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न मेयर यादवको प्रतिवद्धता

राजविराज, २७ जेठ । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरभित्र सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ठोस रणनीति बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरपालिकामा सोमवार आयोजित सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी पैरवी बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सूर्तीजन्य पदार्थ सेवनका कारण अधिकांश युवाहरुको स्वास्थ्यमा असर पारिरहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । नगरक्षेत्रभित्र सार्वजनिक स्थानहरुमा विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न सूर्तीजन्य पदार्थ सम्वन्धी ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न समिति गठन गरेर नियन्त्रण एवम् नियमन गर्ने मेयर यादवले प्रतिवद्धता व्यक्त गरे ।
मेयर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, उपमेयर साधना झा, प्रहरी निरीक्षक रीता पौडेल लगायतले समेत ऐन कार्यान्वयनमा जोड दिए । उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाण्डौका जनस्वास्थ्य अधिकृत आदित्य शाक्यले सहजिकरण गरे । मेयरको अध्यक्षतामा समिति गठन गरेर सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गरिने कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिए ।