Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

हात्ती नियन्त्रणको परिणाम दुईचार दिनमै दिन्छुः डिएसपी मिश्र

हात्ती नियन्त्रणको परिणाम दुईचार दिनमै दिन्छुः डिएसपी मिश्र
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ
विरेन्द्र वजार, २७ जेठ । ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्राले हात्ती नियन्त्रण दुईचार दिनभित्रै हुने दावी गरेका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । ईलाकका प्रहरी कार्यालय कंचनपुरमा प्रहरी नायव उपरीक्षकको दरवन्दी कायम भएर आइतवार ईलाका प्रमुखको रुपमा आएका डिएसपी मिश्राले जङ्गली हात्तीले जनमानसमा परेको भयत्रास आउन नदिन प्रहरी सक्रियताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने ‘तपाईहरु हेर्दैजानुस्, हात्ती नियन्त्रणको परिणाम दुईचार दिनमै दिन्छु ।’ पत्रकारसंगको सहकार्यवाट ईलाकाभित्र हुने अपराधिक गतिविधी नियन्त्रण गर्न सकिने बताउँदै मिश्राले सामाजमा हुने अपराधिक गतिविधी निर्भिकताको साथ उजागर गर्न आग्रह गरे ।
यूवाहरुमा वढ्दै गएको लागुऔषध सेवन र ओसारपसार नियन्त्रण गर्ने, भ्रष्टचार अवैध गतिविधीलाई निरुत्साहित गर्न पत्रकारको सहकार्य हुनुपर्नेमा जोड दिदै प्रहरीले गरेको सकारात्मक कार्यलाई जनसमक्ष पु¥याउन सहयोग गर्न डिएसपी मिश्रले आग्रह गरे । उनले पत्रकारलाई सूचना दिन कन्जुसाई नगर्ने बताउदै एकजना सुचना दिने र अर्को जनताको गुनासो सुन्ने गरी दुईजना प्रहरी निरीक्षकलाई तोक्ने प्रतिवद्धता जनाए ।
पत्रकार भेटघाट कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुर क्षेत्र अन्र्तगतका विभिन्न सञ्चार माध्यममा आवद्ध डेढ दर्जन पत्रकारहरुको उपस्थिति थियो । सप्तरीमा ईलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पहिलोपटक कञ्चनपुर ईलाका प्रहरी कार्यालयले पाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: