• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशी मूलका व्यवसायीमाथि निर्घात कुटपीट

काठमाडौं, ११ जेठ । मधेशी समुदायका एक व्यवसायीमाथि काठमाडौंमा शुक्रबार राति निर्घात कुटपीट भएको छ ।
महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएको हो । बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएका यादवमाथि शुक्रबार राति राती ९ बजे तीन जनाको समूहमा आएका युवाहरुले एक्कासी आक्रमण गरेका थिए ।
उनी पसल बन्द गरेर घर फर्कने क्रममा तीन जनाको समूहले टाउकोमा रड प्रहार गरी घाइते बानाएको छ । यादवको उपचार बसुन्धारास्थित बिपि स्मृति होस्पिटलमा भइरहेको छ । उनको टाउकोमा सात वटा टाका समेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई मधेशी, इन्डियन, धोती भन्दै सो समूहले रडले प्रहार गरी घाइते बनाएको छ । कुटपिट गर्नेहरुको पहिचान हुन सकेको छैन ।