• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

छिन्नमस्ता गापामा मैथिली भाषा कार्यान्वयन गर्ने निर्णय

छिन्नमस्ता गापामा मैथिली भाषा कार्यान्वयन गर्ने निर्णय

राजविराज, ११ जेठ । मिथिला साहित्य कला प्रतिष्ठान नेपालको विशेष पहलमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ मा मैथिली भाषा कार्यान्वयन सम्वन्धी विभिन्न निर्णय गरिएको छ ।
वडा अध्यक्ष विनोद कुमार यादवको अध्यक्षता तथा प्रतिष्ठानका निवर्तमान अध्यक्ष देवेन्द्र मिश्रको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न बैठकले भाषा सम्वन्धी निर्णयहरु गरिएको हो । बैठकले वडा कार्यालयको नाम तिरहुता लिपिमा लेखन, वडाको सीमानामा मैथिलीमा स्वागतद्वार लेखन र वडाभरिका विद्यालयहरुमा मैथिली पढाइ सुचारु गर्ने निर्णय भएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष मिश्रले जानकारी दिएका छन् ।
सोही बैठकले सेवा निवृत शिक्षक अरुण कुमार यादवको अध्यक्षतामा प्रतिष्ठानको वडा समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा सिंहेश्वर मेहता, सचिवमा भुवनेश्वर यादव र कोषाध्यक्ष भुवनेश्वर राम तथा सह–सचिवमा दयानन्द मेहता रहेका छन् ।