• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

वाणिज्य बैंकहरुलाई थप उत्तरदायी बन्न मुख्यमन्त्रीको निर्देशन

वाणिज्य बैंकहरुलाई थप उत्तरदायी बन्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम, ५ जेठ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताएका छन् ।
एनआइसी एसिया बैंकको जनकपुर स्थित पिडारी चौक शाखाको उद्घाटन गर्दै उनले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिएका हुन् । अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् । एनआइसी एसिया बैंक पिडारी शाखाका प्रबन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा नीति आयोगका सदस्य डा. सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी सहितको सहभागिता रहेको थियो ।