• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा आगलागी हुँदा २६ लाखको क्षती

राजविराज, ४ वैशाख । सप्तरीको राजविराज नगरपालिकामा मङ्गलवार राती आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–४ स्थित विनोद साहको घरवाट शुरु भएको आगोले उनीसहित भावनाथ देव, मनोज साह, सन्तोष साह, विनोद चौरसिया र विनोद साहको घर तथा पसल जलेर नष्ट भएको छ । आगलागीमा कपडा पसल, मोबाइल पसल र होटलमा बढी क्षती भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी, दमकल र स्थानियवासिन्दाको सहयोगमा राति साढे २ बजे आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।