Top_Header_Right_Add

तिरहुत थारु सेवा समाजको भवन उद्घाटन

तिरहुत थारु सेवा समाजको भवन उद्घाटन

बृजमान तामाङ
विरेन्द्र बजार, ३० चैत्र । तिरुहुत थारु सेवा समाज नेपालको सामुदायिक भवन शनिवार उद्घाटन गरिएको छ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ५ स्थित नवनिर्मित भवनको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहका वीच रिबन काटेर उद्घाटन गरेका हुन् । भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चौधरीले भवन निर्माणले गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकामा रहेको एतिहासिक धरोहरहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य पुरा गर्न भवन सहयोगी हुने बताउँदै अध्यक्ष चौधरीले भवन निर्माणका बाँकी कार्यमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजलाई सरकारी निकायवाट वैद्धता प्राप्त गरी वंशावलीको संरक्षणमा अग्रणी भुमिका निर्वाह गरेको तथा गाउँपालिकामा भवन निर्माण गरेको भन्दै अध्यक्ष चौधरीले तिरुहुत वंशावली संरक्षण अभियन्ताहरुको प्रशंसा समेत गरे ।
तिरहुत थारु सेवा समाज नेपालका अध्यक्ष मुरारी प्रसाद तिरहुत थारुको अध्यक्षतामा आयोजित भवन उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, अग्नीसाई कृष्णासवरन गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष सुशील कुमार चौधरी, वडा नम्वर ४ का अध्यक्ष तेजनारायण यादव, वडा नम्वर ५ का अध्यक्ष श्रीप्रसाद यादव, वरिष्ठ कृषी वैज्ञानिक देवकान्त तिरुहुत थारु, ईन्जिनियर सत्यनारायण तिरुहुत थारु, तिरहुत वंशावली सांस्कृतिविद् बेचन तिरहुत थारु, इतिहासविद् शुभनारायण तिरहुत थारु लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरे ।
मावि जण्डोलका प्रधानाध्यपक चन्द्रदेव तिरहुत थारुद्वारा सञ्चालित कार्यक्रममा स्वागत जनचेतना माध्यमिक विधालय घोघिदहका प्रधानाध्यपक श्याम कुमार तिरहुत थारुले गरे । नागारिक उड्डयन पर्यटन विभागवाट १४ लाख, पुरातत्व विभागबाट ३ लाख र वंशावलीहरुवाट ५० हजार चन्दा संकलन गरी कुल १७ लाख पचास हजार रुपैयाँको लागतमा सभाहल, कार्यालय कक्ष सहित ५ वटा कोठा रहेको एकतले भवन निर्माण गरेको छ ।
भवनका लागि स्थानीय अछमितलाल चौधरीले १ कठ्ठा र बाटोको लागी विन्देश्वर विश्वकर्माले डेढ धुर र महेश प्रसाद विश्वकर्माले आधा धुर जग्गा निशुल्क प्रदान गरेको तिरुहुत थारु सेवा समाज सप्तरीका अध्यक्ष शुभनारायण तिरहुत थारुले जानकारी दिए । भवन उद्घाटन समारोहमा सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ्ग लगायत आठ जिल्लाका तिरुहुत थारु वंशावलीका अगुवाहरुको उपस्थिति थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer