• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

प्रतिष्ठानद्वारा साहित्यिक तथा साङ्गितिक कार्यक्रम

प्रतिष्ठानद्वारा साहित्यिक तथा साङ्गितिक कार्यक्रम

राजविराज, ३० चैत्र । मिथिला साहित्य कला प्रतिष्ठान नेपालद्वारा शनिवार राजविराजमा मासिक मैथिली साहित्यिक तथा साङ्गितिक कार्यक्रम आयोजना गरियो ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा नव वर्ष २०७६ को शुभकामना आदान प्रदान एवम् श्रीरामक जन्मोत्सव कार्यक्रम रवेन्द्र रविके अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष देवेन्द्र मिश्रद्वारा रविन्द्रनाथ ठाकुर, मैथिलीपुत्र प्रदीप, उदयचन्द्र झा विनोद आ हंसराजक योगदानको विषयमा विश्लेषण गरियो ।
कार्यक्रममा गजेन्द्र गजूर, राज राय, अभय कुमार यादव, शान्ति झा, कृष्ण मैथिल, त्रिवेणी यादव, गायत्री मिश्र, शान्ति झा, शिवम् असगरूवा, वन्दना मिश्र मधु, दिव्यानन्द मिश्र, पिङ्की कुमारी झाद्वारा कविता वाचन गरियो । रवेन्द्र रवि, विद्यानन्द वेदर्दी, धीरेन्द्र मण्डल ’मधेशी’, राम कुमार मण्डल र रमण कुमार यादव’ धीरू’द्वारा गजल वाचन गरिएको जनाईएको छ ।
कार्यक्रममा सुभाष विरपुरिया, कञ्चन झा, तेजु मैथिल, सुष्मा झा, रमिला साह र सरोज कुमार रामद्वारा गायन प्रस्तुत गरिएको थियो । श्रीराम मण्डलद्वारा देवेन्द्र मिश्रद्वारा लिखित मैथिली रामायणको ५ मिनेट श्लोक वाचन कएल गरियो । उक्त अवसरमा शुभचन्द्र झा, मिथिलेश कुमार झा, ऋतुराज अमरेन्द्र लगायत ३० जनाको सहभागिता थियो ।