• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
काठमाण्डौमा अन्तराष्ट्रिय मिडिया सम्मेलन

राजविराज, २५ चैत्र । आगामी चैत्र २८, २९ र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो–२०१९’ तथा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ आयोजना हुने भएको छ ।
विश्वका करिब १९ देशबाट सहभागिता रहने जनाईएको छ । नेपाल सरकारले आमसञ्चार विकासमा लिएको लक्ष्य पुरा गर्न यो एक्स्पोले निकै मद्दत पुग्नेमा आयोजक विश्वस्त छन् । एक्स्पोमा सूचना, सञ्चार, प्रविधिसँग सम्बन्धि कम्पनीहरु, निजि तथा सरकारी गैरसरकारी संघ संस्थाहरु तथा ती संघ–संस्थासँग सम्बन्धित व्यक्तिहरु लगायतको सहभागिता रहने छन् ।
एक्स्पोमा ‘अन्तर्राष्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुँदा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा छलफल गर्ने छन् । आयोजकका अनुसार सम्मेलनमा देश तथा विदेशबाट ४ सय ५० भन्दा बढीको सहभागिता रहने छ ।