• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

काठमाण्डौमा सप्तरीकी रञ्जुको एकल चित्रकला प्रदर्शनी

काठमाण्डौमा सप्तरीकी रञ्जुको एकल चित्रकला प्रदर्शनी

राजविराज, १५ चैत्र । । काठमाण्डौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालेरीमा सप्तरी निवासी रञ्जु यादवको एकल चित्रकला प्रदर्शनी शनिवारवारदेखि शुरु हुन लागेको छ ।
‘कलर्स अफ चेन्ज’ नामक उक्त प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुन लागेको हो । चैत्र २० गते बुधवारसम्म चल्ने प्रदर्शनीमा १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनकालागि चित्रकार रञ्जुले आग्रह गरेकी छिन् ।
पाँच दिवसीय चित्रकला प्रदर्शनीकालागि रञ्जुले समाजमा व्याप्त सामाजिक विकृति, महिला हिंसा, दहेज, भ्रुण हत्या, छोराछोरीमा विभेद, जातीय छुवाछुत सहितका विकृती–विसङ्गती विरुद्ध चित्र कोरेकी छिन् । उनको पहिलो चित्रकला प्रदर्शनी अन्य प्रदर्शनीहरु भन्दा पृथक रहने जनाईएको छ ।
समाजिक परिवेशमा देखिएका विकृतिहरु विरुद्ध आफुले कुचीको माध्यमबाट उजागर गर्ने प्रयास गरेको रञ्जुले बताईन् ।’ सम्भवतः यादव समुदायबाट सर्वाधिक चर्चामा आउने उनी पहिलो महिला हुन् । उनले कठोर मेहनत गरी मिथिला लोककलालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सफल भएकी छिन् ।
रञ्जुले बङ्गलादेशको ढाका सहित विभिन्न देशहरुमा नेपालको मिथिला लोककलाको प्रतिनीधित्व गरिसकेकी छिन् । राजविराज नगरपालिका वडा नम्वर–१० दिघवा घर भई हाल उनी काठमाण्डौ बस्दैआएकी छिन् । विगत १२ वर्षदेखि मिथिला चित्रकला क्षेत्रमा समर्पित रहँदैआएकी उनी मैथिली विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् ।
सानैदेखि चित्रकलामा विशेष रुची राख्दैआएकी थिईन् । गोरखापत्र संस्थानको द राइजिङ्ग नेपाल नामक अंग्रेजी दैनिकमा कार्यरत दिघवा निवासी अमरेन्द्र यादवसँगै वैवाहिक बन्धनमा बाँधिएपछि उनी थप प्रोत्साहित भएकी हुन् । लोककला क्षेत्रमा समर्पित रञ्जुले बनाएका चित्रकलाको नेपाल तथा भारतका सिद्धस्थ चित्रकारहरुले औधी मन पराएईको छ । स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनी चित्रकलालाई नै जिविकोपार्जनको माध्यम बनाउने सोचकासाथ अगाडि बढेकी छिन् । विश्वमै मिथिला चित्रकलाको विशिष्ठ पहिचान रहेको बताउँदै उनले भनिन् ‘मिथिला चित्रकलामा समेत व्यापक सम्भावना छ तर सरकारले यसको विकासकालागि अपेक्षाकृत संरक्षण नगरेका कारण कलाकारहरुको जिविकोपार्जनको माध्यम बन्न सकेको छैन ।’ काठमाण्डौमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीमा समाजिक विकृति–विसङ्गति विरुद्धसहित अन्य समेत गरी २८ ओटा एकल चित्र प्रदर्शनीमा राखिनेछन् ।