• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागूऔषध सहित २ जना महिला प्रहरी हिरासतमा

सिरहा, १० चैत । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्वर–४ तेनुवापट्टीबाट नियन्त्रित लागूऔषध सहित दुई महिला आइतवार पक्राउ परेका छन् ।
नाइट्रोभेट ३० थान, स्पास्मो–प्रोक्सिभन १८ थान र डाइलेक्स डि.सी. सय मिलिलिटरको २० बोतल सहित जिल्ला सिराहा मिर्चैयाँ नगरपालिकाकी २७ बर्षीया अनिला यादव र उदयपुरको कटारी नगरपालिका–६ की १८ बर्षीया अपिस थापालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी, सिरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले निजहरुमाथि शंकालागि चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरिएको जनाईएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन् ।