• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सांसद यादवद्वारा साढे पच्चीस लाख आर्थिक सहयोग

सांसद यादवद्वारा साढे पच्चीस लाख आर्थिक सहयोग

राजविराज, ८ फागुन । सप्तरीको कञ्चनरुपमा सञ्चालित धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा सप्तरी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादवले २५ लाख ५ सय ५५ आर्थिक सहयोग गरेका छन् ।
कञ्चनरुप नगरपालिका–१२ श्रावणपुरमा चैत्र १ देखि चैत्र ९ सम्म पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महोत्सव एवम् श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा धातुकोको २५ फिट शिवको मुर्ति स्थापना गर्नकालागी उक्त रकम प्रदान गरेका हुन् । आफ्नो गाउँठाउँको विकास आफैले गर्नुपर्छ’ भने भावनाका साथ सञ्चालित विराट ज्ञान महायज्ञमा विहीबारसम्म सम्म नगद तथा जिन्सी गरी करिव ८० लाख बरावको रकम संकलन भएको महायज्ञ सञ्चालन, प्रशासन तथा परिचालन समितिका संयोजक दक्षनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
धनधान्यचल विराट नवाह ज्ञान महायज्ञमा प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह (राम बाबु) ले एम्बुलेन्स दिने र एक आर्थिक वर्षभित्र भौतिक पूर्वाधार समेत निर्माण गरी दिने प्रतिबद्धता गरेको प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिएका छन् । महायज्ञमा, वरिष्ठ समाजसेवी शेखर सिंहले एकमुष्ठ ५ लाख रुपैयाँ प्रदानगरी समाजमा आफ्नो प्रतिष्ठालाई थप उचाईमा पुर्याएको प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले बताए ।
विहीबारै ७५ वर्षभन्दा माथिका १ हजार ८ वृद्धवृद्धालाई सम्मान गरिएको छ भने १ हजार ८ कन्या पुजन समेत गरिएको छ । भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञको चैत्र १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए ।