• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एसईई परीक्षामा सप्तरीबाट करिब ९ हजार विद्यार्थी

एसईई परीक्षामा सप्तरीबाट करिब ९ हजार विद्यार्थी

राजविराज, ८ चैत्र । आगामी १० गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरी जिल्लाबाट कुल ८ हजार ७ सय ९० जना विद्यार्थी सहभागी हुन लागेका छन् ।
सप्तरीका ७७ सामुदायिक, ४८ निजी र १ खुल्ला गरि कुल १ सय २६ विद्यालयवाट नियमिततर्फ ८ हजार ३ सय ७३ र आंशिक (ग्रेट वृद्धि) तर्फ ४ सय १७ जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन् । विकास तथा समन्वय इकाइ सप्तरीले दिएको जानकारी अनुसार ६ वटा प्राविधिक विद्यालयबाट १ सय ६७ र एउटा खुल्ला विद्यालयबाट ३० जना विद्यार्थी सहभागी हुन लागेका छन् ।
यस वर्ष ३३ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन हुने कार्यालयका परीक्षा शाखा प्रमुख विरेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् । उनका अनुसार परीक्षालाई मर्यादित र अनुशासित बनाउन आवश्यक तयारी थालिएको छ ।
सप्तरीमा गत वर्ष नियमिततर्फ ८ हजार ५ सय १४ र आंशिकतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी भएको तथ्यांक छ ।