• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घुस सहित नापी कार्यालयका पूर्व कर्मचारी पक्राउ

घुस सहित नापी कार्यालयका पूर्व कर्मचारी पक्राउ

राजविराज, ४ चैत । सप्तरीको नापी कार्यालयमा काम गराउन आएका सेवाग्राहीसँग लिएको घुस सहित पुर्व कर्मचारी पक्राउ परेका छन् ।
सिरहा घर भएका पिन्टुकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार पक्राउ गरिएको हो । केही साता अघिसम्म उनी नापी कार्यालयमा करारमा कार्यरत थिए ।
करार अवधि समाप्त भएपछि लेखापढिको काममा गर्दै आएका यादवले कर्मचारीकै हैसियतमा ‘काम गरिदिन्छु’ भन्दै सेवाग्राहीसँग पैसा लिएको पाईएपछि अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको इटहरी स्थित सम्पर्क कार्यालयको टोलीले यादवलाई पक्राउ गरेको जनाईएको छ ।