Top_Header_Right_Add

अग्नीपीडितलाई सांसद यादव र धर्मीहल्फाको सहयोग

अग्नीपीडितलाई सांसद यादव र धर्मीहल्फाको सहयोग

राजविराज, ४ चैत्र । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्वर– ७ बगबिराका अग्नीपीडित परिवारलाई सोमवार राहत वितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लव तथा संघीय समाजवादी फोरम नेपालका प्रदेश सांसद अभिशेक कुमार यादवले संयुक्त रुपमा अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराएका हुन् । अग्नीपीडित ९ परिवारलाई सांसद यादवले चामल ११ बोरा (२५ केजीको बोरा), मुरही ११ बोरा (२ केजीको), ११ प्याकेट दालमोठ भूजिया, नुन ९ प्याकेट उपलब्ध गराएका छन् ।
यसैगरी धर्मी हल्फा महिला विकास क्लवको तर्फबाट ब्ल्यांकेट, सारी, धोती, थाल, गिलास सहितका भाडावर्तन उपलब्ध गराईएको छ । उक्त सामग्री क्लवका अध्यक्ष सूर्यनारायण यादवले अग्नीपीपडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
यसैगरी बोदेवर्साइन नगरपालिका– १ धनगढीका अग्नीपीडित रामलखन साहलाई २५ केजी चामल र २ केजी मुरही सांसद यादवले सोमवारै उपलब्ध गराएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer