• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सितापुरको आगलागीमा साढे आठ लाखको क्षती

बृजमान तामाङ
राजविराज, २५ फागुन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ स्थित सितापुरमा शनिवार आगलागी हुँदा साढे आठ लाख बरावरको क्षती भएको छ ।
स्थानीय मिश्रीलाल चौधरी, चम्पीलाल चौधरी र दुर्गानन्द चौधरीको घरमा वेलुकी ४ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर नष्ट भएको हो । विद्युत सर्ट भई लागेको आगोमा परि मिश्रीलालको नगद ८५ हजार, अन्नपात, लत्ताकपडा, फर्निचर र एकघर पुर्ण रुपले जल्दा ६ लाख ३५ हजारको धनमाल क्षती भएको अनुमान गरिएको छ ।
यसैगरी चम्पीलाल चौधरीको एक घर पुर्ण रुपले जल्दा अन्नपात, लताकपडा र फर्निचरको सामान जलेर १ लाख वरावरको क्षती भएको छ । बचकुन चौधरीको घर सहित सरसमान जलेर ७५ हजार ५ सयको क्षती पुगेको छ । आगलागीमा दुर्गानन्दको भान्सा घर जल्दा ३० हजार गरी कुल ८ लाख ४० हजार बरावरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगो राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र, ईलाका प्रहरी कार्यालय महुली, सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प सितापुरका शसस्त्र प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रण लिएको थियो । आगलागीमा परि घरवार विहिन भएका पीडितहरु आफान्त र छिमेकीको घरमा शरण लिएर बस्दै आएका छन् ।