Top_Header_Right_Add

‘होली घमासान’ थारु एल्बम लोकार्पण

‘होली घमासान’ थारु एल्बम लोकार्पण

राजविराज, २४ फागुन । फागु पर्व नजिकिंदै जाँदा सप्तरीमा शुक्रवार एक कार्यक्रमका बीच होली घमासान नामक थारु एल्बम लोकार्पण गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष रघु कुमार सिंह थारुले उक्त एल्बमको लोकार्पण गरिएको हो । अञ्जनी सिंह थारुद्वारा निर्माण गरिएको सिंहसँगै सिमाश्रीको स्वर रहेको छ ।
सिंहकै शब्द समेत रहेको उक्त एल्बममा सङ्गीत शैलन्द्र विश्वकर्माको रहेको छ । एसएल मैथिली इन्टरटेन्मेन्टद्वारा रिलिज गरिएको उक्त एल्बममा थारु संस्कृति झल्किने फागु पर्वका सांस्कृति पक्षहरुबारे प्रस्तुत गरिएको छ ।
लोकार्पण कार्यक्रममा बिलट चौधरी, पूर्ण प्रसाद चौधरी, भगवती प्रसाद चौधरी लगायतले थारु भाषामा यस्ता गिती एल्बम एवम् म्युजिक भिडियो निर्माण हुनुपर्नेमा जोड दिए । कार्यक्रम मिडिया पार्टनर शिवांशु एफ.एम.की स्टेशन म्यानेजर प्रियासिंह थारुले जानकारी दिएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer