Top_Header_Right_Add

मलेठ घटनाको स्मृतिमा राजबिराज नगरपालिकामा सार्वजनिक विदा

मलेठ घटनाको स्मृतिमा राजबिराज नगरपालिकामा सार्वजनिक विदा

 

राजविराज, २३ फागुन । मलेठ घटनाको स्मरण गर्दै राजविराज नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
२०७३ साल फाल्गुन २३ गते सप्तरीको मलेठमा भएको गोलीकाण्डको स्मरणमा नगरपालिकासहित मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मलेठ घटनामा सहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै सार्वजनिक विदा दिने घोषणा गरेका छन् ।
मलेठ घटनामा प्रहरीले चलाएको गोली लागेर राजविराज नगरपालिका वडा नम्वर– ९ का २५ वर्षिय सञ्जन मेहता, ५० वर्षिय पीताम्बर मण्डल, मलेठ–४ का विरेन्द्र महतो, विष्णुपुर गाउँपालिका कटबी टोलका ५० वर्षिय ईनर यादव र साबिक प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साहको मृत्यु भएको थियो । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले फागुन २३ गतेलाई शहीदहरुको स्मरण गर्दै दिवसको रुपमा मनाउदैआएको छ ।
विगतका वर्ष झैं यसवर्ष समेत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले बृहत श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको जनाईएको छ । यता श्रद्धाञ्जली सभामा सहभागी हुन प्रदेश नम्वर–२ का मुख्यमन्त्री लालबाबु राउत समेत आउने कार्यक्रम तय भएको श्रोतले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer