Top_Header_Right_Add

पत्रकार महासंघ सप्तरीको साधारण सभा धारापानीमा

प्रदेश प्रमुख कायस्थद्वारा उद्घाटन
पत्रकार महासंघ सप्तरीको साधारण सभा धारापानीमा

राजविराज, २५ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्न प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ आउने भएका छन् ।
कञ्चनरूप नगरपालिका वडा नम्वर–१२ धरमपुर स्थित धारापानी पर्यटकीय क्षेत्रमा शनिवार आयोजित साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश नम्वर २ का प्रमुख कायस्थ आउन लागेका हुन् । महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजना हुन लागेको उक्त साधारणसभाको उद्घाटन समारोहमा अतिथिको रुपमा प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्री, पूर्व सांसद, महासंघका केन्द्रिय तथा प्रदेश प्रतिनीधि, पूर्व जनप्रतिनीधि, नगरपालिका तथा गाउँपालिका प्रमुख, उप–प्रमुख, पार्टीका नेता, कार्यालय प्रमुख, संघसंस्थाका अध्यक्ष एवम् प्रतिनीधि समेतको उपस्थिति रहने महासंघका सचिव जितेन्द्र कुमार झाले जानकारी दिएका छन् । सोही अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने अग्रज व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
साधारण सभाको तयारीकालागि महासंघका सल्लाहकार समेत रहेका श्रवण कुृमार देवको संयोजकत्वमा तयारी समिति गठन गरिएको थियो । स्थानीय पत्रकारहरु समेतको विशेष सक्रियतामा भव्यताकासाथ तयारी गरिएको जनाईएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा कुल ९९ जना सदस्य रहेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer