Top_Header_Right_Add

कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा

कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा

राजविराज, २४ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा रेबिज रोग विरुद्धको स्वास्थ्य सेवा सुरु भएको छ ।
नगरपालिकाको लामो प्रयासपछि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य केन्द्रलाई औषधी उपलब्ध गराउन थालेको हो । औषधी उपलब्ध भएपछि उपचार सेवा सुरु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिएका छन् । महाशाखाले प्रति महिना ८० भाइल एन्टी रेबिज भ्याक्सिन उपलब्ध गराउने गरी निर्णय भएको उनले बताए ।
सप्तरीमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालपछि रेबिज विरुद्धको उपचार गर्ने प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर दोश्रो स्वास्थ्य संस्था हो । असोजमा प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि गत असोजदेखि आँखा तथा कान सम्बन्धी उपचार सुरु भएको छ भने कात्तिक ५ गतेदेखि दन्त सेवा समेत थप गरिएको उनले बताए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer