• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
७०औं गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम

विरगञ्ज, १२ माघ । भारतीय महावाणिज्य दुतावास बिरगञ्जले आफनो ७०औं गणतन्त्र दिवस एक समारोहका बीच मनाएका छन ।
कार्यालयको प्राङ्गनमा ७०औं गणतन्त्र दिवस नेपाल र भारत दुबै देशका संस्कृति झल्किने गरी नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतिय महावाणिज्य दुतावास बिरगंजका महावाणिज्य दुत बि.सि. प्रधानले भारतका राष्ट्रपति रामनाथ गोविन्दले भारतवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । ७०औं गणतन्त्र दिवस को अवसरमा विभिन्न संघ संस्थाहरु लाई बस तथा एम्बुलेस प्रदान गरिएको प्रधानले बताए ।
गणतन्त्र दिवसको कार्यक्रम भारतिय महावाणिज्य दुतावास बिरगंजका महावाणिज्य दुत बि.सि. प्रधानको अध्यक्षता तथा प्रदेश नम्वर २ का भौतिक तथा योजना मन्त्री जितेन्द्र सोनल, भारतीय महावाणिज्य दुतावास विरगञ्जका उप–महावाणिज्य दुत रमेश चतुर्वेदि, वाणिज्य दुत रमेश कुमार, डा.कोट्राश्वामी, विनोद लोहसाली, नेशनल मेडिकल कलेजका चेयरमैन डा.जैनुद्दिन अन्सारी, एम.डि तथा नेकपाका नेता बसरुद्दिन अन्सारी, आबिद अन्सारी (चाँद), फोरम पार्टिका केन्द्रिय निजामुद्दिन समानी, पर्सा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, समाजसेवी पशुपति विक्रम शाह र उषा शाह, उद्योगपति अजय प्रजापति, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल टेलिभिजनका नेहाल खान, रेडियो विरगञ्ज का ध्रुव साह, विरगञ्ज सन्देश दैनिकका मन्सुर खान, रामाशंकर सिंह, अरसद कमाल, नाजिर खान लगायत सांसद विधायक सहित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति थियो ।