• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सिर्जना फाईनान्सद्वारा गोबरगाढाका बालबालिकालाई न्यानो कपडा

सिर्जना फाईनान्सद्वारा गोबरगाढाका बालबालिकालाई न्यानो कपडा

राजविराज, १२ माघ । सिर्जना फाईनान्स लिमिटेडले शनिवार सप्तरी जिल्लाको अति विकट गोबरगाढा र मधबापुर स्थित सामुदायिक विद्यालयका दलितबालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
कपडा बितरण कार्यक्रममा सञ्चालक सदस्य सुवास आचार्य र राजीव कुमार मिश्रको सहभागिता रहेको थियो । चारैतर्फ पानीले घेरिएको गोबरगाढाका बिकट ठाउँका सामूदायिक बिद्यालयको बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेकोमा स्थानीयबासीले खुशी व्यक्त गरे । बडा नम्वर–४ का अध्यक्ष नागेश्वर मण्डल, वडा नम्वर.१३ का अध्यक्ष बिन्देश्वर यादव प्रधानाध्यापक राजदेब यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र साह लगायतले सिर्जना फाइनान्सको समाजिक उतरदायित्वप्रति सराहना गरे ।