• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चिकित्सकको लापर्वाहीले महिलाको मृत्यु

पीडित परिवारलाई गाउँपालिकाबाट पच्चीस हजार
चिकित्सकको लापर्वाहीले महिलाको मृत्यु

राजविराज, १२ माघ । सप्तरीको प्राथमिक स्वास्थ्य केन्द्र तोपामा मेरी सटोप्स नेपालद्वारा गरिएको परिवार नियोजनका क्रममा चिकित्सकको लापर्वाहीले शुक्रवार राती एक महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरण गराएकी स्थानीय ३० वर्षिया सुनिता मुखियाको मृत्यु भएको हो । अप्रेशन पश्चात अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रवार राती उनको मृत्यु भएको जनाईएको छ ।
पीडित परिवारले क्षतिपूर्तिको माग राख्दै तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–५ टिकुलियाको बाँधमा सडक अवरुद्ध गरेका थिए । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्तिकालागि आफुले प्रदेश सरकारबाट समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले उक्त लापर्वाहीको विषयमा छानबिन गरी दोषीलाई कार्वाही गराउन आफु गम्भीर रहेको बताउँदै तत्काल गाउँपालिकाको तर्फबाट तत्कालै किरिया खर्च बापत २५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।