• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सेस्मी ईन्टरनेशनल स्कुलद्वारा स्पोर्टस मिट २०७५ को आयोजना

सेस्मी ईन्टरनेशनल स्कुलद्वारा स्पोर्टस मिट २०७५ को आयोजना

वीरगञ्ज, ८ माघ । सेस्मी ईन्टरनेशनल सेकेन्ड्री स्कूल वीरगञ्जको वार्षिक खेलकुद सप्ताह ‘स्पोर्टस मिट २०७५’ मङ्गलवारदेखि शुरु भएको छ ।
कार्यक्रममा वर्षभरी आयोजना गरिने खेलकुदका विविध पक्षहरुका बारेमा प्रकाश पारिएको थियो । समारोहमा क्लासका मनिटर र समुह क्याप्टेनहरुलाई ब्याच वितरण गरियो भने विभिन्न खेलकुद प्रतियोगिताको साथै सा“स्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष्ँ श्याम बन्जाराले खेलकुदको माध्यमले विद्यार्थीहरुलाई मर्यादित, अनुशासित र चरित्र निर्माणमा टेवा पुग्ने हुनाले नियमित रुपमा खेलकुदलाई पाठ्यक्रम भित्रै समावेश गरेर अघि बढ्नु पर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ठ अतिथि प्याब्सनका केन्द्रिय सचिव नन्दन यादवले खेल जगतलाई राज्यले उपेक्षा गरे पनि विद्यालयहरुले विद्यार्थीहरुको शारिरीक विकासका निम्ती कुनै कसर बा“की नराखी अघि बढिरहेको धारणा राखे । उक्त अवसरमा कार्यक्रमका विशिष्ठ अतिथी संघीय प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष विजय कुशवाहाले खेल जगतलाई अघि बढाउनाले व्यक्तित्व विकास र नेतृत्व क्षमतामा समेत टेवा पुग्ने धारणा राख्नु हु“दै सेस्मी स्कूलको विविध पक्षमाथि प्रकाश पारे ।
कार्यक्रममा रेल्वे माविका दिनानाथ रौनियारले पनि मन्तव्य व्यक्त । स्कूलका निर्देशक मनोज यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल आस्मा सिंह यादवले धन्यवाद ज्ञापन गरे ।