Top_Header_Right_Add

प्रहरीमाथि गोली प्रहार गर्ने युवा हतियार सहित पक्राउ

प्रहरीमाथि गोली प्रहार गर्ने युवा हतियार सहित पक्राउ

सिरहा, ४ माघ । सिरहा प्रहरीले शुक्रवार हतियार सहित एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका वडा नम्वर ९ ठेगी घर भएका २९ वर्षिय प्रमोद यादवलाई प्रहरीले पक्राउ गरेको हो । स ६ प ६१४० नम्बरको एफजेड मोटरसाइकलमा हतियार बोकेर भारतबाट नेपालतर्फ भित्रिदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा, सिरहा नगरपालिका–२१ बाट उनलाई रोक्न खोज्दा कटुवा पेस्तोलले प्रहरीमाथी गोली प्रहार गर्न खोज्दा जवाफमा प्रहरी टोलीद्वारा प्रतिरक्षाका लागि फायर गर्दा निजको दाहिने कुहिनामा गोली लागि घाईते भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्वर २ का प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
घाईतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पतालमा लगेर उपचार गराईएको छ । तत्पश्चात जिल्ला प्रहरी कार्यालय सिरहा ल्याईएको छ । पक्राउ परेका यादवको साथबाट कटुवा पेस्तोल एक थान सहित मोटरसाईकल एक थान समेत नियन्त्रणमा लिएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाईएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer