Top_Header_Right_Add

गहिरी खोलामा सिंचाई योजनाबारे स्थलगत निरीक्षण

गहिरी खोलामा सिंचाई योजनाबारे स्थलगत निरीक्षण

बोधराज सुवेदी, महुली, २२ पुस । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको वडा नम्वर २ स्थित गहिरी खोलामा गाउँपालिका स्तरिय सिचाई योजना बन्ने भएको छ ।
प्रदेश स्तरिय वजेटवाट सम्पन्न हुने उक्त योजनाको स्थलगत निरीक्षणको क्रममा आइतवार सप्तरी क्षेत्र नम्वर १ अन्तरगत प्रदेश(क)का सांसद तथा पूर्व मन्त्री सत्यनारायण मण्डलले यस्तो बताएका हुन् । योजनाको सांसद मण्डल लगायत पूर्व सांसद मानपुर चौधरी, गाउँ पालिका अध्यक्ष पर्शुराम चौधरी समेतको टोलीले सोही दिन स्थलगत निरीक्षण गरेका छन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अति सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको वडा नम्वर २ सितापुर र वडा नम्वर ३ इटहर्वाको विगहौ विगाहा जमिन सिंचाईको अभावमा वाँझै रहने गरेको हुँदा उक्त योजना त्याहाँका जनताकोलागि वरदान सावित हुने स्थानियहरुले बताए । योजना सम्पन्न भएमा वषौंदेखि आकासे पानीको भर पर्र्न विवश रही खडेरीको मारमा परेका करीव एक हजार दूई सय परिवारलाई सो योजनाले राहत पुर्याउने गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले बताए ।
स्थलगत निरीक्षणको क्रममा सांसद मण्डलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न ग्रामिण कृषिलाई माथि उठाउनु पर्ने भएकोले आफुहरुले कृषकको जीवनस्तर उच्च पार्ने कार्यको थालनी गरेको बताए । गाउँपालिकाको वडा नम्वर २ र ३ को मध्य विन्दु इटहर्वामा पर्ने गहिरी डुमरजोर खोलाको पानीलाई बाँध वाँधेर सो क्षेत्रको करिव एक हजार पाँच सय विगाह जमिनलाई सिंचाई गर्ने उदेश्यले सो योजना सञ्चालन गर्न लागिएको हुँदा सोकोलागि आवश्यक पर्ने बजेटको ब्यवस्था भएको सांसद मण्डलको भनाई छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer