• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाली सेनाद्वारा फागुन १ देखि राजविराजमा बृहत स्वास्थ्य शिविर

नेपाली सेनाद्वारा फागुन १ देखि राजविराजमा बृहत स्वास्थ्य शिविर

राजविराज, १८ पुस । आगामी फागुन १ गतेदेखि सप्तरी सदरमुकाम राजविराजमा वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविरको तयारीको विषयमा जानकारी लिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव बुधबार सप्तरीको राजविराज आईपुगेका हुन् । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा उपलब्ध श्रोतसाधन एवम् जनशक्तिबारे मन्त्री यादवलाई जानकारी गराएका छन् ।
स्वास्थ्य शिविरबाट सप्तरी, सिरहा, उदयपुर र सुनसरी जिल्लाका विरामीले सेवा लिन सक्ने स्वास्थ्य सचिव पुष्पा चौधरीले जानकारी गराईन् । स्वास्थ्य सचिव चौधरी र नेपाली सेनाका उपरथी एवम् स्वास्थ्य महानिर्देशक शशी राई सहित आएका यादवले शिविरका लागि जिल्लामा रहेको श्रोत साधन र जनशक्ति चुस्त राख्न निर्देशन समेत दिए ।
मन्त्रालयवाट पठाईएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न तथा हाजिर हुन नआएकाको तत्काल जानकारी गराउन मन्त्री यादवले निर्देशन दिए । शिविरका लागि र हाजिर हुन नआउनेहरुको लागि समेत अर्को ब्यवस्था गरिने भन्दै नपुग जनशक्ति जनकपुर र बिराटनगर लगायतका स्थानहरुबाट बोलाएर सेवालाई प्रभावकारी बताए ।
शिविरमा प्रदेश २ मा सप्तरीको १८ ओटै स्थानीय तहका साथै प्रदेशका जनताले सेवा पाउने उनले विश्वास व्यक्त गरे । सर्वसाधारण जनताको चाप समेतलाई मध्यनजर गर्दै नपुग भए थप मोबाइल सेवा मार्फत समेत पुरक सेवा दिन नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीलाई निर्देशन दिए ।