• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

राजविराजमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा

राजविराजमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा

राजविराज, १८ पुस । चर्चित जीवन विमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा बुधवारदेखि राजविराजमा सञ्चालन आएको छ ।
बालकदेखि वृद्धसम्मको लागि जीवन विमा अन्य कम्पनी भन्दा विशेष किसिमको योजना सहित प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा आएको हो । प्रभु लाइफ इन्सोरेन्सका सिइओ किशोर प्रसाद लामिछानेका अनुसार प्रभु ग्रुपसँगै इन्स्योरेन्सले स्थानीय स्तरबाट ग्राहकका लागि विभिन्न योजना राजविराज सहित देशैभरि ६० शाखा रहेको कम्पनीका प्रदेश नम्वर २ का प्रमुख सुदिष्ठ कुमार गुप्ताले जानकारी दिएका छन् । शाखाको उद्घाटन सिइओ लामिछानेले गरेको राजविराज शाखा प्रमुख स्मिता थापाले बताईन् ।