• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आदिवासी जनजातिहरुको जायज माग सम्बोधन हुन्छः मुख्य मन्त्री राउत

आदिवासी जनजातिहरुको जायज माग सम्बोधन हुन्छः मुख्य मन्त्री राउत

बृजमान तामाङ
जनकपुर, १८ पुस । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुको जायज माग प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ द्वारा बुधवार आदिवासी जनजातिको पहिचानसँग जोडिएको चाडपर्वको सार्वजनिक विदा दिनुपर्ने माग राखिएको ज्ञापन पत्र बुभ्mदै उनले यस्तो बताएका हुन् । संघीय सरकारले आदिवासी जनजातिहरुको पहिचानसँग जोडिएको चाडको विदालाई कटौती गर्नु गम्भिर भूल गरेको मुख्यमन्त्री राउतले बताए ।
प्रदेश सरकार उत्पीडित वर्ग समुदायको भावनालाई सम्वोधन गर्न प्रतिवद्ध रहेको बताउँदै थारु, मगर सहितका मधेशमा बसोवास गर्ने समुदायहरुले मान्ने माघी, माघे संक्रान्ति र तामाङ समुदायले मान्ने सोनाम ल्होछारको सार्वजनिक विदा दिने बताए । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. २ का संयोजक मनोज सिंह दनुवारको नेतृत्वमा आदिवासी जनजातिको पहिचान संग जोडिएको माघे संक्रान्ति, माघी, ल्होछार, जितिया, समाचकेवा, उधौली उभौली जस्ता चाडहरुको सार्वजनिक विदा माग गर्दै मुख्य मन्त्रीको कार्यालय जनकपुरमा पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ का सह–संयोजकहरु दिल कुमारी चौधरी, कमल पिठाकोटे मगर, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ्ग, सिराहाका अध्यक्ष डेनोक मोक्तान, धनुषाका अध्यक्ष जमुना भुजेल, सर्लाहीका अध्यक्ष बुद्धि बहादुर सुनुवार, महोत्तरीका अध्यक्ष महिकरण प्रसाद सिंह थारु, बाराका अध्यक्ष रामदास धौजु लगायत जातिय संगठनका प्रदेशका अध्यक्षहरु, केन्द्रिय पदाधिकारीहरु, आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारीहरु गरी आठै ओटा जिल्लाका आदिवासी जनजाति अगुवाहरुको उपस्थिती रहेको थियो ।
विभिन्न सात बुँदे माग राखी बुझाईएको ज्ञापन पत्र वाचन प्रदेश नम्वर २ का सचिव अर्जुन योञ्जन तामाङ्गले वाचन गरेर मुख्य मन्त्री राउतलाई हस्तान्तरण गरे । ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति अगुवाहरुले प्रतिक्रिया दिदै शान्तिपूर्ण रुपले राखिएको माग सम्बोधन नभए सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।