• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने मन्त्री परिषद्को निर्णय

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने मन्त्री परिषद्को निर्णय

काठमाण्डौ, पुस १७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) स्थापना हुने भएको छ ।
प्रदेश नम्वर २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णयसँगै मेडिकल कलेज स्थापना हुने भएको हो । सप्तरीको स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुनेछन् ।
प्रदेश नम्वर १ र २ का विरामीहरुले उपचार सुविधा प्राप्त गर्नुका साथै चिक्त्सिाशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुले अवसर पाउनेछन् । विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ नम्वर प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछन् । मेडिकल कलेज स्थापना भएपछि सप्तरीको स्वास्थ्य तथा विकासमा विकासमा फड्को मार्न सघाउ पुग्ने विश्वास गरिएको छ ।