• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

फस्ट जनवरी मनाउन सप्तरीको विभिन्न स्थानमा भींडभाड

फस्ट जनवरी मनाउन सप्तरीको विभिन्न स्थानमा भींडभाड

राजविराज, १७ पुस । अंग्रजी सम्वत २०१९ को अवसरमा सप्तरी जिल्लाको छिन्नमस्ता शक्तिपीठ सहित धार्मिक एवम् पर्यटकीय स्थलहरुमा सर्वसाधारणको चहल–पहल बढेको छ ।
नयाँ वर्षको अवसरमा जिल्लाको छिन्नमस्ता, कंकालिनी, शम्भुनाथ सहितका मन्दिरहरुमा दर्शन तथा पूजाआजा गर्न दिनभरि घुइँचो लागेको थियो । वर्षभरि शुभ एवम् पूर्ण सफल होस् भन्ने कामनाका साथ दर्शन तथा पूजाआजा गर्नेहरुको घुइँचो लागेको जनाईएको छ ।
छिन्नमस्ता शक्तिपीठमा विजया दशमीको समयमा भन्दा बढी भीडभाड रहेको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् । दर्शन, पूजाआजा एवम् पिकनिक मनाउनेहरु नेपाल तथा भारतको विभिन्न जिल्लाहरुबाट आएको उनले बताए । पीठाधीश ठाकुरका अनुसार शक्तिपीठ परिसरमा नेपाली सेनाद्वारा सरसफाई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सुरक्षा दिएका थिए ।
यसैगरी नयाँ वर्षको अवसरमा बनभोज (पिकनिक) मनाउन जिल्लाको कोशी व्यारेज, गोलघर, फत्तेपुरको हेडबाँध, जुटपानी खोला, रुपनगरको सुन्दरी खोला, लोहजराको दह लगायतका स्थानहरुमा हज्जारौंको संख्यामा सर्वसाधारण पुगेका थिए ।
यसैगरी छिन्नमस्ता गाउँपालिका वडा नम्वर–४ स्थित लालापट्टीमा मङ्गलवार सन्त निरंकारी मण्डलद्वारा सरसफाई गरिएको स्थानीय रामकुमार यादवले जानकारी दिएका छन् ।