• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बिहीवार सम्पन्न खेलमा राजविराज टीम विजयी

बिहीवार सम्पन्न खेलमा राजविराज टीम विजयी

राजविराज, ५ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्वर– ५ जाँजरमा सञ्चालित टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न खेलमा राजविराज टीम विजयी भएको छ ।
च्याम्पियन स्टार क्रिकेट टिमद्वारा सञ्चालित क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा डकही भारतलाई २१ रनले पराजित गर्दै राजविराज विजयी भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा अलआउट हुँदै १२८ रनको योगफल बनाएको थियो । जसमा राजविराजका सहनसा ३५ रन, रुस्तम २२ रन, अख्तर १९ रन र अजिन १७ रनको योगदान दिएको थियो । डकहीका रमेशले ४, इमामुल ३, अलाउदिन २ तथा मुन्ताज १ बिकेट हात पार्न सफल भए ।
प्रतिउत्तरमा १२९ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको डकही टीम १८ दशमलव २ अलआउट हुदै १०७ रन मात्र बनाउन सक्यो । जसमा डकहीका लागि हिरा २२ रन, बालकिसुन २१ रन, मिथिलेश १८ रन र भुषण १३ बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा डकही हार बेहोर्न बाध्य भए । राजविराजका सहन्सा ३, अंकित, मिस्टर र सहबाज २÷२ तथा समशाद १ बिकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच राजविराज टीमका सहनसा घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रवार बनौली सप्तरी र सिरहा बीच हुने आयोजकले जनाएको छ ।