• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुर्घटनाका मृतकका परिवारलाई राहत स्वरुप एक–एक लाख

दुर्घटनाका मृतकका परिवारलाई राहत स्वरुप एक–एक लाख

राजविराज, ८ मंसिर । सप्तरीमा बस दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले एक÷एक लाख रुपैया राहत स्वरुप दिने भएको छ ।
दुर्घटनामा घाईते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जली दिन शनिवार सप्तरी आएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई प्रतिपरिवार एक÷एक लाख रुपैया राहत स्वरुप दिने दिने घोषणा गरेका छन् ।
यसकासाथै घाईते भएकाहरुको उपचारमा लाग्ने खर्च समेत प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले घोषणा गरेका हुन् ।
शुक्रवार राति सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा डाक्नेश्वरी नगरपालिका वडा नं. ५ की ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५५ वर्षीय दिनेश रजक, सोहि वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नंं.५ की वर्षीया ६० भुखनी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ भने सोहि नगरपालिकाका ४८ जना यात्रु घाईते भएका छन् ।
यसैबीच, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवसहितका टोलीले दुर्घटनास्थलमा पुगेर अवलोकन समेत गरेका छन् ।
टोलीमा मन्त्री यादवका साथै प्रदेश सांसद अभिषेक यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, सप्तरी इन्चार्ज सत्यनारायण यादव, संघीय प्रेस फोरम प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव लगायतका सहभागीता थियो ।