• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कपिलवस्तुमा नदीजन्य वस्तुहरुको चोरी निकासी बढ्दो

कपिलवस्तुमा नदीजन्य वस्तुहरुको चोरी निकासी बढ्दो

निरहु यादव
कपिलवस्तु, ६ मंसिर । जेष्ठ मसान्त पश्चात नदीजन्य वस्तुहरुको निकासी बन्द भएपछि निर्माण कार्यकालागि अत्यावश्यक बालुवाको चोरी निकासी कार्य मौलाउँदै गएको छ ।
जिल्लाको बाणगंगा नदी अन्तर्गत सुठौली, मधुवन, कोइली बनगाई, उप्टहवा र सुरही नदीको बिलरहवा पथर्देइया, विजयनगर नाकाबाट बालुवा चोरी बढेको हो । स्थानीय केही व्यक्तिहरुले बालुवा प्लट दर्ता गराएर उक्त स्थानमा रातभर बालुवा चोरेर थुपार्ने र दिउँसो बिक्री गर्ने गरेका छन् । प्लट व्यापारीले चोरीका बालुवा कपिलवस्तुका विभिन्न स्थान, रुपन्देहीसम्म ट्रक, ट्रिप्पर, ट्याक्टर मार्फत बिक्री गर्दै आएका छन् ।
खोलाहरुमा चोरी निकासी मौलाए पनि सम्बन्धित स्थानीय निकायले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । पटक–पटक खोलाहरुमा भईरहेको दोहन रोक्न स्थानीयवासीले स्थानीय तह र प्रहरीमा खबर गर्दा समेत स्थानीय निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । बालुवा चोरी निकासी गर्ने गिरोह सक्रिय भएसँगै प्रहरी पनि सक्रिय भएका छन् । अबैध बलुवा चोरिने काम धेरै दिनदेखि चलिरहेको र सुरही खोलाको आसपास गाउँहरुमा जम्मा गरी महँगो दरमा बिक्री गर्ने गरेको स्थानीयको आरोप छ ।