• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रेस युनियन सप्तरीको अध्यक्षमा रामनारायण र श्रवण

दुई–दुई वर्ष गरी नेतृत्व गर्ने आपसी सहमति
प्रेस युनियन सप्तरीको अध्यक्षमा रामनारायण र श्रवण

राजविराज, २० असोज । नेपाल प्रेस युनियन सप्तरीको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
युनियनका अध्यक्षमा रामनारायण विश्वास (आरएन) र श्रवण कुमार देव सर्वसम्मतिबाट चयन भएका छन् । निर्वाचन अधिकृत गणेशलाल देवका अनुसार
चार वर्षे कार्यकालको पहिलो दुई वर्ष विश्वास तथा पछिल्लो दुई वर्ष देवले नेतृत्व गर्ने सहमति भएको छ ।
युनियनको उपाध्यक्षमा विनय कुमारलाल कर्ण, महिला उपाध्यक्ष ललिता साह, सचिव शैलेन्द्र सिंह, सह–सचिव कृष्णदेव यादव, समावेशी सह–सचिव सन्तोष थापा र कोषाध्यक्ष बैजु जोशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा रश्मी झा, अरुण यादव, निरज मण्डल, शैलेन्द्र झा, रञ्जित चौधरी, परिश कर्ण, रामनारायण यादव, संतोष साह र विरेन्द्र साह चुनिएका छन् ।
युनियनको प्रदेश पार्षदमा पंकज झा, कृष्णकान्त देव, मिथिलेश यादव, मिथिलेश्वर साह, सुधा देव, नरेश चौधरी, शिवनारायण साह, पवन मिश्र, संजिव विक्रम साह र मनोज माझी चुनिएका छन् । त्यस्तै केन्द्रीय पार्षदमा शम्भुलाल देव, मुरली प्रसाद यादव, ब्यास शंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, अर्जुन साह, जितेन्द्र खड्गा, शम्भुनन्दन चौधरी र ओम प्रकाश साह सर्वसम्मतिले चयन भएका छन् ।
युनियनको कार्यालय भवन निर्माणकालागि महासंघका अध्यक्ष समेत रहेका खड्गाले सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेकोमा उनीलगायत अधिवेशनको सफलताकालागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । युनियनको अधिवेशन समापन कार्यक्रमका अवसरमा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झा, केन्द्रीय प्रतिनिधि नविन राई लगायतकाले शुभकामना व्यक्त गरे ।