• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शान्ति विना दिगो विकास सम्भव छैनः मुख्यमन्त्री राउत

शान्ति विना दिगो विकास सम्भव छैनः मुख्यमन्त्री राउत

जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री लालबाबु राउतले शान्ति र समृद्धिको शुरुवात घरबाटै गर्नुपर्ने बताएका छन् ।
युनिभर्सल पिस फाउण्डेशन नेपालको आयोजनामा मङ्गलवार जनकपुरमा सम्पन्न शान्ति र दिगो विकासको लागि जनप्रतिनिधीहरुको भूमिका विषयक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । शान्ति विना दिगो विकास सम्भव नरहेको बताउँदै समाजमा शान्तिको स्थापना भएपछि मात्र दिगो विकासको परिकल्पना गर्न सकिने उनले बताए ।
पूर्वी सभ्यताले स्थापना गरेको पारिवारिक व्यवस्था शान्तिको मुख्यआधार रहेको बताउँदै उनले आफनो सभ्यताको संरक्षण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेशभरिकै स्थानीय तहका प्रमुख उप–प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यशालामा मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गईसकेको परिपेक्षमा तीनै तहका सरकारलाई हातेमालो गरेर अघि बढनुपर्ने उनले बताए ।
जनकपुर उपमहानगरका उप–प्रमुख रिता मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सभासद बबन सिह लगायतको सहभागिता रहेको थियो ।