Top_Header_Right_Add

मेयर कप सप्तरी प्रिमियर लिगमा बजाज खडकको चौथो जित

मेयर कप सप्तरी प्रिमियर लिगमा बजाज खडकको चौथो जित

राजविराज, १ साउन । राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालित मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गरेको छ ।
कुल तीन ओटा टोली सहभागी लिगको समाप्ति पछि सबै ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उप–विजेताको रुपमा बोदेबर्साइन थन्डर्स फाइनलमा प्रवेश गरेको छ । मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित भएको छ ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार ११ बजे बजाज खडक वारियर्स र बोदे बर्साइन थन्डर्स बीच खेलिने जनाईएको छ । पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो । उसको लागि ओपनर राहुल मण्डलले सर्वाधिक ३० रन, समसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाए । बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले २ र२ विकेट हात पारे ।
११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो। शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे । हसिम अन्सारीले १६ रन योगदान दिए । अलराउण्ड योगदान दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए जसलाई उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गरे ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer