• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

टुडेका सम्पादक श्यामसुन्दर यादव चीन प्रस्थान

टुडेका सम्पादक श्यामसुन्दर यादव चीन प्रस्थान
राजविराज, २२ असार । न्यूज टुडे दैनिक पत्रिका एंव अनलाइनका सम्पादक श्यामसुन्दर यादवसहित १५ सदस्यीय ‘नेपाली मिडिया टोली २०१८’ शुक्रवार चीन प्रस्थान गरेका छन् ।
सप्तरीलाई कार्यक्षेत्र बनाएर विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका यादव सिचुवान प्रान्तमा हुन लागेको पत्रकारिता सम्वन्धि १० दिने तालिममा सहभागी हुनका लागि वेइजिङतर्फ प्रस्थान गरेका हुन् । पत्रकार यादवले ग्रामिण मुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका छन् । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट उनी पत्रकारिताप्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए ।
त्यसपछि उनले न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादको जिम्मेवारी सम्हाल्दै आएका छन् । सप्तरीको तत्कालिन जमुनी मधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ भथौल निवासी यादव सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै विभिन्न रेडियोहरुबाट पनि समाजिक रुपान्तर सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । मैथिली भाषा, साहित्यक, कला, संःकृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले उजागर गर्दै आएका छन् । मैथिली साहित्य परिषद्का सचिव समेत रहेका पत्रकार यादव संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष समेत हुन् । साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका उनले हाम्रो सप्तरी र हाम्रो सप्तरीको दोश्रो संस्करण तथा छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित छन् ।
उनले मैथिली भाषाका विभिन्न चार वटा म्यूजिक भिडिओमा गीत रचना गरेका छन् । पथिक कविता संग्रह, तेस्रो मधेश आन्दोलन, पत्र मंजुषा सहितका पुस्तकहरु प्रकाशनको क्रममा रहेको छ । यसका साथै छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित आधा दर्जन बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् । पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता, राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३ लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।