• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गाउँपालिकाका अध्यक्षलाई ९ बुँदै ज्ञापन पत्र वुझाईयो

गाउँपालिकाका अध्यक्षलाई ९ बुँदै ज्ञापन पत्र वुझाईयो

राजविराज, १९ असार । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्षलाई नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) जनपरिचालन तथा संधर्ष समिति महादेवाले मंगलबार ९ बुँदे ज्ञापन पत्र वुझाएका छन् ।
महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवलाई दिपेन्द्र माझी नेतृत्वका एक समुहले महादेवा गाउँपालिका कार्यालय वडा नम्वर ६ स्थित गाउँ कार्यालयमा ९ बुँदे ज्ञापन पत्र वुझाएका हुन । सो अवसरमा वासुदेव यादव, देवरामप्रसाद यादव, राजाराम यादव, विश्वनाथ यादव, सुरेन्द्र यादव, पंचदेव खंग, चौठी खंग, जय नारायण अधिकारी, मोहम्मद डोमन, धनेश्वर प्रसाद यादव, नागेश्वर यादव, रामनारायण सरदार, देवनारायण रजक, भागवत साह, फरेवी सदा, जयनारायण साह, वैजु कामैत, रामचन्द्र मण्डल , सत्यनारायण ठाकुर, देवनारायण मण्डल, राम खंग, अशोक खंग, रामलखन यादव, लक्ष्मण कामैत, रामरतन मण्डल, गोसाई खंग, दुखनी देवी यादव, देव नारायण यादव लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिका महादेवाको परिषदद्वारा स्वीकृत योजनाहरुको विस्तृत विवरण (योजनाको नाम र ठेगाना, विनियोजित वजेट, कार्यान्वयन गरिरहेको उपभोक्ता संस्थाको पदाधिकारीको नाम र लागत ईस्टिमेट) उपलव्ध गराई दिन हुन, योजना कार्यान्वयन भइरहेको स्थानमा विस्तृत विवरण सहितको सुचना बोर्ड राख्नु पर्ने, लागत ईस्टिमेट अनुसार काम हुनु पर्ने, सो नभए स्वीकृत गरी वजेट निकासा दिने सम्वन्धीतहरु माथी कार्यवाही हुनु पर्ने उल्लेख गरिएको छ ।
यसैगरी डाढा वडा नम्बर ४, दुर्गापुर वडा नम्बर ५ मा देखिएको बाटो सम्वन्धीको समस्याहरु तुरुन्त हल गर्नु पर्ने, गापा तथा वडाको छुट्टा–छुट्टै मास्टर प्लान (दीर्धकालीन, मध्यकालीन, तत्कालीन) योजनाहरु निश्चित मापदण्ड सहितको वनाउनु पर्ने, योजनाहरु छनौट गर्दा राजनैतिक दल, संघ, संस्था, चुनावमा प्रतिस्पर्धा गरेकाहरु सहित सम्पुर्ण जनसमुदायलाई सहभागी गराउनु पर्ने, अगामी वडा तथा गापा परिषदहरुमा गम्भीर वहस छलफल पश्चात मात्रै निष्कर्षमा पुग्नु हुन, परिषदहरुको सार्वजनिकीकरणलाई निश्चित कुनै एक दलको मञ्चको रुपमा प्रयोग गर्नु हुदैन, जो चालु आर्थिक वर्षमा देखियो त्यसमा सुधार हुनु पर्ने र उपभोक्ता समितिहरु निर्माण गर्दा वा कुनै संस्थालाई छनौट गर्दा निश्चित मापदण्ड वनाइ पारदर्शी ढंगले गर्नु पर्ने बुभाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।