• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मातृभाषाको सम्मान हुने गरि प्रादेशिक भाषा नीतिः मुख्यमन्त्री राउत

मातृभाषाको सम्मान हुने गरि प्रादेशिक भाषा नीतिः मुख्यमन्त्री राउत

जनकपुरधाम, १७ असार । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सम्पूर्ण मातृभाषाको सम्मान हुने गरि प्रादेशिक भाषा नीति ल्याउने बताएका छन् ।
भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवम् स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरि आफुहरु नीति ल्याउन लागेको बताए । भाषाको अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सबैलाई सबै भाषाको सम्मान गर्नुपर्ने बताए ।
प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उनले आग्रह समेत गरे । मातृभाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौ उनले भने मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।