Top_Header_Right_Add

मुसहर समुदायका लागि नयाँ योजना ल्याउँदैछौंः मुख्यमन्त्री राउत

मुसहर समुदायका लागि नयाँ योजना ल्याउँदैछौंः मुख्यमन्त्री राउत

जनकपुरधाम, १० असार । मुख्यमन्त्री लालबाबु राउतले मुसहर समुदायको समग्र विकासको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएक छन् ।
दक्षिण एसिया स्तरीय मुसहर समुदायको अगुवा भेलाको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै भन्दा पछाडि रहेको मुसहर समुदायको उत्थानको लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा थुप्रै योजनाहरु ल्याएको बताए । मुसहर समुदाय पछाडी पर्नुमा अशिक्षा नै प्रमुख कारक रहेको बताउदै उहाँले बालबालिकाको शिक्षामा जोड दिन अगुवाहरुलाई आग्रह समेत गरे । अधिकार खोजेर मात्र नपाईने बताउदै उनले अधिकारको लागि पहिले आफै शिक्षित र सजग हुनु पर्ने उल्लेख गरे ।
नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘मुसहर डोम जस्ता समुदाय संग धेरै समस्याहरु छन, समस्याहरु हामी कहाँ ल्याउनु प्रदेश सरकार भ्याए सम्म सहयोग गर्न तयार छ ।’ शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या समाधानका लागि प्रदेश सरकारले विशेष प्याकेजनै ल्याएको उल्लेख गर्दै उनले ती योजनाहरुबाट लाभ लिन आग्रह समेत गरे ।
भोर सस्थाको मुल आयोजनमा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, पूर्व सभासद असर्फी सदा, राष्ट्रिय भूमि मुसहर विकास परिषद भारतका अध्यक्ष उमेश माझी, गजेन्द्र माझी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र समेतको उपस्थिति थियो ।
सम्मेलनमा नेपाल भारत र बंग्लादेशका करिब २ सय मुसहर समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer