• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चट्याङ्ग लागेर सप्तरीमा एक महिलाको मृत्यु

चट्याङ्ग लागेर सप्तरीमा एक महिलाको मृत्यु

राजविराज, ९ असार । सप्तरीमा चट्याङ लागेर शनिबार एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।
घर नजिकै रहेको खेतमा मुङ्ग टिप्दै गरेकी दुवैलाई चट्याङ लागेको हो । चट्याङ लागेर विष्णुपुर गाउँपालिका–६ की ५१ वर्षीया केशरीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ । घटनामा उनकी बुहारी २४ वर्षीया रिंकु यादव घाइते भएकी छिन् । रिंकुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।