• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रशासकीय अधिकृतमाथि हातपातको विरोधमा वोदेवर्साइन नपा ठप्प

प्रशासकीय अधिकृतमाथि हातपातको विरोधमा वोदेवर्साइन नपा ठप्प

राजविराज, २२ जेठ । सप्तरीको बोदे बर्साइन नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको भन्दै सम्पूर्ण वडाको कामकाज ठप्प भएको छ ।
निमित प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवमाथि वडा नम्बर ५ का विद्युतीकरणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष महेश यादवले मंगलबार हातपात गरेको जनाईएको छ । पाँच लाखको योजनाको काम गर्न गठित समितिका अध्यक्ष महेशले काम गर्नु अघि धरौटी वापत नगरपालिकाको खातामा जम्मा गरेको २० प्रतिशत रकम फिर्ता माग गर्ने क्रममा दुव्र्यबहार गरेको जनाईएको छ ।
कार्यकारी अधिकृत यादवले फिर्ता रकम वापतको चेक दिए पनि सामान्य त्रुटीका कारण चेक नसाटेपछि महेश आक्रोशित भएका थिए । फेरी अर्को चेक लिएर जाने क्रममा आफूमाथि हातपात गर्दै गालीगलौज कार्यकारी अधिकृत यादवले जनाएका छन् । निज राष्ट्रिय बाणिज्य बैंकको कठौना शाखाबाट रकम समेत झिकेको जनाईएको. छ ।
कार्यकारी अधिकृत यादवले मङ्गलवारै सम्पूर्ण वडाको कामकाज ठप्प पार्न पत्राचार समेत गरिसकेका छन् । उक्त पत्रमा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय समेतलाई बोधार्थ दिईएको छ ।