• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विश्वमै मिथिला अदभूतः भारतीय प्रधानमन्त्री मोदी

विश्वमै मिथिला अदभूतः भारतीय प्रधानमन्त्री मोदी

जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिथिलाको साहित्य, लोककला, साहित्य एवम् संस्कृति विश्वमै अद्भूत रहेको बताएका छन् ।
राजकीय भ्रमणका क्रममा शुक्रवार जनकपुरमा आयोजित नागरिक अभिनन्दन एवम् सम्वोधन समारोहमा बोल्दै उनले यस्तो कुृरा बताएका हुन् । केहीबेर मैथिली भाषामा समेत सम्वोधन गरेका उनले नेपाल र भारत बीचको मित्रता हज्जारौं वर्ष पुरानो रहेको बताउँदै भने ‘त्रेता युगमा राजा जनक र राजा दशरथले मात्र जनकपुर र अयोध्या मात्र नभई भारत र नेपालको पनि मित्रता एवम् साझेदारीको बन्धनमा बाँधिएको छ ।’ यो बन्धन राम–सीताको, बुद्धको, महावीरको रहेको भन्दै यही बन्धनले रामेश्वरम्मा बस्नेहरुलाई आकर्षित गरेर पशुपतिनाथले ल्याउने गरेको बताए । उनले भने ‘यहीं बन्धन लुम्बिनीमां बस्नेहरुलाई बोधगयाले लग्ने गरेको छ, यही बंधन, यही आस्था, यही स्नेह, आज मलाई जनकपुर ल्याएको छ ।’ भारत नेपाल सम्बन्ध कुनै परिभाषाबाट भाषाको बन्धनबाट बाँधिएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले यो भाषा अपनत्वको भएको बताए । ‘भाषा रोटीको हो र यो भाषा बेटीको हो, यो माता जानकीको धाम हो, जानकी बिना अयोध्या अधूरो छ’ उनले भने ‘नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि माथि छ, जस्तै मिथिलाको तुलसी भारतको आँगनमा पावनता, सुचिता र मर्यादाको सुगन्ध फैलाउँछ त्यसरी नै नेपाल र भारतको आत्मीयता शांति, सुरक्षा र संस्कारको त्रिवेणीबाट सुसज्जित छ ।’