राजविराज, ३० चैत । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–९ स्थित जोलहरी पश्चिम टोलका एक दलानमा शुक्रवार बेलुकी आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
करिब ४ बजेको समयमा भएको आगलागीबाट बालगोबिन्द यादवको एक दलान घर, परालको कुन्यु २, करिब १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, तीन कट्ठा खेतबाट काटेर राखिएको तोरी, एक थान पम्पिङ्गसेट समेत जलेर नष्ट भएको पीडितका भाइ छोटेलाल यादवले जानकारी दिएका छन् । आगलागी कसरी भएको हो ? यसबारे खुल्न सकेको छैन ।