• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रधानमन्त्रीलाई कुटनितिक पहल गर्न फोरम अध्यक्ष उपेन्द्र यादवको सुझाव

प्रधानमन्त्रीलाई कुटनितिक पहल गर्न फोरम अध्यक्ष उपेन्द्र यादवको सुझाव

राजविराज, १८ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भम्रणमा जान लागेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको समस्या समाधानका लागि भारतसँग कुटनितिक पहलको प्रयास गर्न सुझाव दिएका छन ।
सप्तरीको राजविराजमा आइतवार पत्रकार सम्मेलन गर्दै उनले मुलुकलाई आर्थिक उन्नतितर्फ उन्मुख गर्न भारतसँग कुटनितिक पहल आवश्यक रहेको बताए । अध्यक्ष यादवले नेपालको गरिबी हटाउन र आर्थिक विकासका लागि भारतसँग डेभलोपमेन्टल पाट्नरको रुपमा सहकार्य गर्ने गरी कुटनितिक पहलको प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले वर्तमान परिवेशमा मुलकलाई ढुलमुले चरित्र त्याग गरी छिमेकी राष्ट्रहरुसँग विश्वास कायम गर्ने, लगानी मैत्री वातारण बनाएर लगानी र प्रविधि भित्रियाउने र मुलुकलाई समृद्ध, विकसित र विकासको दिशातर्फ अघि बढाउन कुटनितिक पहल आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष यादवले योजना र गलत नितिका कारण ऋणमा डुवेको र आर्थिक रुपमा अत्यन्तै कम्जोर रहेको नेपाललाई औद्योगिक क्रान्तिका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकारीमार्फत अघि पर्नेमा सत्ता पक्षले ध्यान दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा यहि चैत्र २३ गते तीन दिने राजकीय भ्रमणमा पहिलो पटक भारत जान लागेको हो ।